© 2026
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित पदभार ग्रहण लगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन ।
प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए ।