Butwal Today

नवनियुक्त प्रधानमन्त्री शाहलाई काँग्रेसको बधाई

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ । नेपाली काँग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना  दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा काँग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यसै गरी, काँग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?