© 2026
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिए लगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन ।
सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकोमा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”
सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु¥याउने काममा उत्सुक रहेको धारणा राखेका छन् ।
भारत–नेपालबिचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु¥याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताए ।