Butwal Today

स्वास्थ्य मन्त्री मेहताद्वारा पदभार ग्रहण

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा पुगेर पद बहाली गरेकी हुन । उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन । उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?