© 2026
भावी प्रधानमन्त्रीका रूपमा रहेका वालेनले साइतमा सपथ गर्दैछन् भन्दा देशका लागि केही गरौँ भन्ने उदात्त भावनाले समाजवाद र कम्युनिष्टमैँ लागेका पनि केही त भित्रैदेखि खुशी देखिए पनि धेरै समाहजवादी र कमनिष्टका निदहराम भएको देखिन्छ ।
राम र वामलाई फरक देख्नेहरूको गतिलै छटपटाहट चलिरहेको छ ।वैदिक धर्म र बौद्ध धर्मलाई विशेष सम्मानका साथ हुने भन्ने सपथबाट विशेष गरेर पचासौँ वर्षसम्म भ्याटिकन र अरबबाट ल्याइएको पैसोले समाहजवाद र साम्यवादका नाममा जनताहरूलाई बेकुप बनाउने खेतीमा लागेकाहरू धेरै नै त्रसित बनेका छन् ।
कोही प्राज्ञिकका रूपमा, कोही कार्यकर्ताका रूपमात कोही विश्लेषकका रूपमा तिनै समाजमा विषवृक्ष रोपेर हामीलाई बेकुप बनाउनेहरूको लङ्गौटी नै भएर कमेन्ट गरिरहेका त थिए, छन् र हुनेछन् पनि ।
तर आफुलाई धार्मिक भएको देखाएर कथा प्रवचनका माध्यमले व्यापार गर्दै आएका धोती लगाएका व्यापारीहरू पनि तिनैका भाषा बोलिरहेका देख्दा लाज पनि लजाएको अवस्था देखिएको छ ।
हैन यो चेतना कि चेतना भनेर महर्षिले पटक पटक भनिरहने पनि यस्तै कारण भएर पो रहेछ । त्यसैले त यी व्यापारीहरू, महर्षि र योगी नरहरिनाथलाई सत्तो सराप्ने गर्दथे र गरिरहेकै छन् पनि ।
के गर्ने कलियुगको प्रभाव भनेर चित्त बुझाउने भन्दा अरू कुनै उपाय नै छैन । हामीले नयाँका रूपमा आएकाहरूले स्वर्ग छैन या छ भनेर व्यापार गर्ने गरेकाको जस्तो स्वर्गमय रूपमा नेपालको विकासगर्दछन् भनेर आँखै चिम्लिएको पनि होइन ।
तर कमसेकम पुरानाका हुम् भन्नेहरूलेझोले भएर मत खसाले पनि चेतनशील नेपाली जनताको मतबाट निर्वाचित भएकाहरूलाई कमसेकम केही वर्षको काम हेरेर त कमेन्ट गरौँ भनेको मात्र हो ।
हामीले यिनीहरूले बाटो विगार्दा पनि चुप बसौँ भनेको पनि होइन । नकारात्मक टिप्पणी गर्ने बेला आएपछि मात्र कसरी भनेर हुन्छ त्यसरी नै मार्गनिर्देशन गरौँ न भनेको मात्र हो ।
हामी कुनैपनि वेला चेतनशील हुन सकेनौँ । आफ्नाले नराम्रो गर्दा पनि झोले तालले तिनैको सपोर्ट गर्यौँ । अरूले राम्रो गर्न खोज्दा पनि झनै अनेकानेक न्वारान गरेर तवला बजाएरै लखेटी रह्यौँ । तर हाम्रा धर्म र संस्कार माथि कसैले गाली गर्दा भने निर्विवादानन्द स्वामी हुन खोजेर देखेको नदेख्यै गर्यौँ ।
\आफ्ना पार्टीका प्रचण्डले हाम्रो धर्म संस्कारलाई सिधै चुनौति दिएर बुबाको क्रिया नगर्दा पनि उनको स्वतन्त्रताको कुरो हो भन्ने खालका मतिहीन उत्तर दियौँ । तर वालेनले आफ्ना पिताजी स्वर्गीय हुँदा आफ्नो संस्कार अनुसारको मैथिलीय नियममा क्रिया गर्दा चाहिँ फेरि विभिन्न सञ्चार माध्यममा हुट्हुटी चलायौँ ।
यस्तो खालको गतिछाडा काम गर्ने हामी आफैँ नग्नाम्बर नशर्मा भएर लगौँटी फुस्कँदा पनि ख्यालै पाएनौँ । यो हो हाम्रो प्राज्ञिकता । तर यो अर्धनिद्राको प्राज्ञिकता माथि हामी गमक्क परे पनि नेपाली जनताले चाहिँ हामीलाई पर आज्ञिकता नै मानेका छन् ।
माथिकै प्रसङ्गअनुसार नै वालेनले प्रधानमन्त्रीको सपथ साइत हेरेर लिँदैछन् भनेर सञ्चार माध्यममा आएको छ । सञ्चार माध्यममा आए अनुसार उनले रामनवमीको दिन, तर दशमी तिथि लागिसकेपछि १२ बजेर ३४ मिनेटमा सपथ लिँदैछन् । लग्न मिथुन हुनेछ । उनले गर्ने भनेको कुरालाई लिएर आफुलाई विश्लेषक भन्ने तर नून चाहिँ पश्चिमा र दक्षिण पूर्वकाहरूको खाएकाहरूले नकारात्मक टिप्पणी गरिरहेका छन् ।
यो त उनीहरूको मालिकका लागि गरिने भक्तिभाव मात्र हो । तर अधिकांश नेपाली जनता भने हिन्दू र बौद्ध गुरुहरूको मङ्गलोच्चारणका साथ हुने त्यो वेलाले पक्कै पनि रामराज्यको शिलान्यास हुनेछ भनी खुशी प्रकट गरिरहेका छन् ।
पैसाका लागि धर्म, आमा र बाबु नै छोडेर फरक भएकाहरूले यो महत्त्वपूर्ण कदमलाई हाँसोमा उडाए पनि उनीहरूको कदमले रात्रीले आउने दिनलाई केही फरक नपारेर झनै महत्त्व बढाए जस्तै गरेर सपथ कार्यक्रमको महत्त्व नै बढ्नेछ ।
साइत आफैमा वैज्ञानिक कुरा हो । यो प्रकृतिमा रहेका केही अदृश्य र दृश्य चिजहरूको मापन गरी गरिने कार्य हो । जसरी सूर्यले न्यानो दिएको र चन्द्रमाले शीतलता दिएको हामीले प्रत्यक्ष अनुभव गर्दछौँ त्यसैगरी अरू ग्रहहरूको पनि त्यत्तिकै प्रभाव रहने गरेको छ । रामनवमी आफैमा पनि महत्त्वपूर्ण दिन हो ।
राक्षस राज्यको अन्त्य गरी देवराज्य स्थापना गरेका मर्यादापुरुषोत्तमको जन्म भएको दिन हो । हुन त राम आफैमा त्यति सुखी भएको देखिँदैन । राज्यरोहणका वेला वनगमन, वनबाट आएपछि सीताको त्याग इत्यादि इत्यादि । तर उनका जनता भने सुखी थिए । रामराज्यका समयमा वैदिक साम्यवादका नियमले सबै विषयमा समानता थियो ।
त्यो राज्यमा आर्थिक रूपले मात्र नभएर आध्यात्मिक हिसाबले पनि जनता खुशी र सुखी थिए । नवमी तिथि रिक्ता तिथि भएकाले शुभकार्यमा प्रयोग नगरिने भएकाले पूर्णातिथिमा उनको सपथ हुनु अत्यन्तै राम्रो योग मानिएको छ । त्यस्तै उनले सपथ गर्ने समयमा मिथुन लग्न हुनेछ । मिथुन द्विस्वभाव अर्थात् चर पनि स्थिर पनि प्रकृतिको हुनेछ ।
जसले गर्दा उनमा समय र परिस्थिति अनुसार गतिशील या स्थिर दुवै प्रकृतिले काम गर्ने ऊर्जा मिल्नेछ । मिथुनका स्वामी बुध ग्रह त्यस समयमा नवौँ भावमा हुनेछन् । त्यहाँ बुधको स्थिति मङ्गल र राहुका साथ हुनेछ । त्यसले गर्दा उनको बोली मङ्गलको प्रकृतिले सैनिक जस्तो आदेशात्मक हुनेछ
। तर धर्म स्थानको बसाइले गर्दा बोली टर्रो या आदेशात्मक भए पनि देशकै कल्याणका लागि हुनेछ । दशम भवनमा सूर्य र शनि हुनेछन् । कर्म पनि आत्मबलका साथ हुनेछ भने शनिका प्रभावले पूर्ण नोकरका रूपमा नै देशको सेवा गर्नेछन् । एकादश अर्थात् आयभवनमा मन्त्री शुक्र रहनेछ । जसले गर्दा उनले देशको आयआम्दानीलाई विशेष ख्याल राख्नेछन् ।
आत्मा मात्र नभएर वीर्य पनि शक्तिशाली नै भएर जानेछ । यसमा सबैभन्दा उत्तम कुरा भनेको बृहस्पति र चन्द्रमा लग्नमा हुनेछन् । ज्ञान र सुखको कारक बृहस्पति जो मन्त्रीका रूपमा रहेको छ त्यो लग्नमा बस्नाले गर्न पर्ने सबै हिसाबले त्यो ग्रहले काम गर्नेछ । त्यस्तै राजाका रूपमा रहेको चन्द्रमा पनि लग्नमा हुनु पनि राम्रो नै मानिन्छ ।
बुधको घरमा बसेको चन्द्रमालाई केही अप्ठ्यारो नै भए पनि कामहरू चाहिँ राम्ररी नै हुनेछन् । हामी दुखी नेपालीहरूका कुण्डली सप्रेको अवस्था भयो भने यो योगमा बनेका प्रधानमन्त्रीले हामीलाई पक्कै पनि खुशी राख्नेछन् ।
अन्त्यमा ट्वाइलेट गएर राम्रोसँग शरीर धुन नजानेकाहरूले चटकी पाराले खाँटीमा टाइरूपी दाम्लो बाँधेर आफ्ना धर्म, संस्कार र संस्कृतिको विरोध गर्नुलाई नै अग्रगामी भनेर झुठो खेतीले हामीहरूलाई बेकुप बनाइरहेका थिए ।
तर अब देशले वालेन जो आफैमा आधुनिक इञ्जिनियरिंग क्षेत्रको विद्वान् हुन्, जसले हाम्रो वैदिक सनातन धर्मको वैज्ञानिक महत्त्वका बारेमा जानेबुझेका छन् त्यस्ता एक होनाहार व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा पाउँदै छौँ भने मन्त्रीहरू पनि त्यस्तै विद्वान् युवाहरू पाउँदै छौँ । यो हामी नेपाली जनताका लागि पनि सौभाग्यको विषय हो ।
यी युवाहरूलाई हामी आफुलाई साँच्चै कसैका झोले नभएका चेतनशील प्राज्ञिक वर्ग ठान्छौँ भने यो बन्दै गरेको मन्त्रीमण्डललाई अगाडि बढ्न दिऊँ । काम हेरिसकेपछि मात्र उनीहरूलाई पनि सिकाउने गरी सकारात्मक समालोचना गरौँला । यसो गरे पक्कै पनि देशले काँचुली फेर्नेछ ।
नभए कुन विश्वविद्यालयको कुन पदमा या कुन प्राधिकरणको कुन स्थानमा जाने भन्ने मात्र विचार गरिरह्यौँ र नयाँका कामै नहेरी उनै डेटस्क्वायरहरूकोमात्र सपोर्ट गरिरह्यौँ भने न देश रहन्छ न हाम्रो जागिर अनि न त ती कल्पनाका पद ।
त्यसैले देश ठूलो हो भन्ने भावका साथ काम गर्छौँ भनी अगाडी बढी नेपाली जनताबाट अनुमोदित हाम्रा युवाहरूलाई केही गर्ने वातावरण मिलाऊँ । मुखे दाइलाई वेला न कुवेला त्यत्तिकै न पट्काइरहौँ । अस्तु