© 2026
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह लाई नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।
प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा नवनियुक्त प्रधानमन्त्री शाहले सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणमा उनको नेतृत्व महत्वपूर्ण रहने उल्लेख गरिएको छ। उक्त सन्देशमार्फत प्रचण्डले नवगठित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना दिएका छन ।
प्रचण्ड दिन भर सपथ ग्रहण समारोहमा सहभागी थिए भौतिक उपस्थितिमा बधाई दिएका प्रचण्डले आफ्नो सामाजिक संजाल फेशबुक वालमा पनि नवनिर्वाचित शाहलाई बधाई दिएका छन ।