Butwal Today

उपत्यकामा हाई अलर्ट गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूको आकस्मिक छलफल

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

सरकारको निर्णयपछि सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन गर्न सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन। उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नक्सालस्थित सरकारी निवासमा छलफलमा जुटेका छन्।

स्रोतका अनुसार, शुक्रबार साँझ दुवै निकायले आफ्ना मातहतहरूलाई ‘हाई अलर्ट’मा रहन आन्तरिक सर्कुलर जारी गरिसकेका छन्। उपत्यकाभरिका सुरक्षा युनिटहरू तयारी अवस्थामा राखिएको छ।

सुरक्षा निकायहरूले जेनजी आन्दोलनको घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विरोध प्रदर्शन वा राजनीतिक तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?