© 2026
पाल्पा । पाल्पा उद्योग वाणिज्य संघमा यही चैत्र १४ हुने २५ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
अध्यक्षमा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराई र निवर्तमान महासचिव समिरमान सिंह बीच प्रतिष्पर्धा रहेको छ भने वाणिज्य उपाध्यक्षमा रञ्जना कुमारी थापा अर्याल र सुरेन्द्र कर्माचार्य बीच प्रतिस्पर्धा हुने भएको छ । दुवै अध्यक्ष पदका उम्मेदवारले प्यानलनै खडा गरेर निर्वाचनमा होमिएका छन ।
यसैगरी क्षेत्र नं. ३ मा दुई पदको लागि विनोद नेपाल, विश्व के.सी. र विष्णु प्रसाद रेग्मी बीच प्रतिष्पर्धा रहेको छ । क्षेत्र नं. ४ मा दुई सदस्यको लागि नारायण न्यौपाने, मञ्जु रेग्मी र नारायण बहादुर पछाई बीच प्रतिष्पर्धा रहेको छ । क्षेत्र नं. ७ मा दुई सदस्यको लागि महेश शर्मा आचार्य, सविन मल्ल, मोहन बहादुर कुवँर र महेन्द्र श्रेष्ठबीच प्रतिष्पर्धा रहेको छ ।
यसैगरी क्षेत्र नं. १० मा दुई सदस्यको लागि सागर खड्का, विदुर घिमिरे, नविन घिमिरे, सुरेश गोदार र नम्रता थापा बीच प्रतिष्पर्धा रहेको छ । क्षेत्र नंं ११ मा दुई सदस्यको लागि कमल प्रसाद पाण्डे, जिवन पाण्डे, अनित श्रेष्ठ र सन्तोष श्रेष्ठ मैदानमा उत्रिएका छन् ।
यसैगरी उद्योग उपाध्यक्षमा मुक्तिराम जि.सी, क्षेत्रगत सदस्यहरुमा क्षेत्र नं. २ बाट संजय कुमार श्रेष्ठ र विष्णु बहादुर पछाई, क्षेत्र नं. ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य, क्षेत्र नं. ६ बाट लक्ष्मण प्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र नं. ८ बाट रमेश राज बज्राचार्य, क्षेत्र नं. ९ बाट निराकार श्रेष्ठ, क्षेत्र नं. १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र नं. १३ बाट समत मियाँ र एसोसियट सदस्यमा दामोदर गैरे निर्विरोध निर्वाचित भएका छन् ।