© 2026
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा टिप्परको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
आज बिहान ८ः४५ बजे तम्घासबाट चारपाला तर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको टिप्परले पैदल हिँडिरहेकी ९२ वर्षीया धनी बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।
उक्त टिप्पर अर्घाखाँची मालारानी गाउँपालिका–२ डाँडाकटेरी निवासी ४३ वर्षीय डिल बहादुर नेपालीले चलाएको प्रहरीले जनाएको छ । चालक सहित सवारीसाधनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।