Butwal Today

एक पुरुषको कुलामा डुबेर मृत्यु 

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

लमही । दाङको देउखुरीमा एक पुरुषको कुलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ दक्षिण मसुरिया निवासी ५० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गए राति घरमा कसैलाई नभनी निस्केका चौधरी करिब २/३ सय मिटरको दुरीमा रहेको माैरीघाट कुलोमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

स्थानीयले बिहान ६ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । मृतक चौधरी नियमित मादक पदार्थ सेवन गर्दै आइरहेका थिए ।

सो दिन पनि मदिरा सेवन गरेका कारण कुलामा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।मृतक चौधरीको शवलाई पोस्ट मार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ भने घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?