Butwal Today

डाँका र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति दश वर्षपछि पक्राउ

९ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।
नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौँको बौद्धबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?