Butwal Today

भरुवा बन्दुक सहित एक जना पक्राउ

८ चैत्र २०८२, आइतबार
अ+
अ-

मकवानपुर ।  बागमती गाउँपालिका—९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरुवा बन्दुक एक थानसहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

निजको घरमा भरुवा बन्दुक लुकाई छिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापर बारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?