© 2026
चन्द्रौटा । बिमा क्षेत्र विस्तार हुँदै गए पनि अझै पूर्ण रूपमा परिपक्व भइसकेको छैन । नेपालको यस्तो परिवेशमा आफ्नो निरन्तर मेहनत, धैर्यता र स्पष्ट लक्ष्यका साथ अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्ने पात्रका रूपमा उदाएका छन्, आर्यन खान ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख एजेन्सी प्रबन्धक रहेका खानले सन् २०२६ मा ‘कोर्ट अफ द टेबल (सिओटी)’ लक्ष्य हासिल गर्दै आफ्नो व्यावसायिक यात्रामा ऐतिहासिक सफलता दर्ज गरेका छन् ।
सन् २०२५ र २०२६ दुवै वर्ष लगातार सीओटी प्राप्त गर्न सफल भए्, जुन आफैँमा अत्यन्तै चुनौतीपूर्ण उपलब्धि रहेको उनले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटा जस्तो साधारण परिवेशबाट आफ्नो करियर सुरु गरेका खानका लागि यो सफलता सजिलै आएको होइन । प्रारम्भिक चरणमा उनले बिमा क्षेत्रप्रति समाजमा रहेको नकारात्मक धारणा, ग्राहकहरूको विश्वास अभाव र बजारको सीमितताजस्ता चुनौतीहरू सामना गरेको अनुभव सुनाए ।
धेरैले बिमालाई आवश्यकताभन्दा पनि विलासिताको रूपमा बुझ्ने गरेका कारण काम गर्न कठिन थियो । तर, उनले यी सबै चुनौतीलाई अवसरका रूपमा लिए । उनी निरन्तर जनचेतना फैलाउने, ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने र विश्वास निर्माण गर्ने कार्यमा केन्द्रित भए ।
चन्द्रौटा घर भएका खान केहि समय कृषि पेशासँगै व्यावसाय गर्दा असफल भएपछि बिमा क्षेत्र रोजेका उनी विगत ५ वर्षदेखि यो पेसा गर्दै आइरहेको बताए । उनले तत्कालीन एक प्रदेश प्रमुखले बिमाबारे बुझाएपछि यस क्षेत्रमा प्रवेश गरेको उनको भनाइ छ । बिमाले मानिसको बचतदेखि जीवन सुरक्षित भएको हुने महत्त्व बुझेपछि अहिले सिओटीसम्म सफल भएको उनको दाबी छ ।
खानका अनुसार सफलताको आधार पोलिसी बिक्री मात्र होइन, सेवा र सम्बन्धमा केन्द्रित दृष्टिकोण हो । उनले ग्राहकलाई केवल ‘पोलिसी’ बेच्ने होइन, उनीहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारीका रूपमा काम गरे । यही कारणले उनी छोटो समयमै ग्राहकहरूमाझ विश्वासिलो नाम बन्न सफल भए । उनको काम गर्ने शैलीमा अनुशासन, समय व्यवस्थापन र लक्ष्यप्रति स्पष्टता रहेको उनको जिकिर छ ।
उनको उपलब्धिको यात्रा क्रमिक रूपमा अघि बढेको छ । सन् २०२२, २०२३ र २०२४ मा लगातार ‘एमडीआरटी’ हासिल गर्नुले नै उनको क्षमता र प्रतिबद्धता प्रमाणित गरिसकेको थियो । एमडीआरटी विश्वभरका उत्कृष्ट बिमा अभिकर्ताहरूलाई प्रदान गरिने सम्मान हो, जुन प्राप्त गर्न उच्च स्तरको प्रदर्शन आवश्यक हुन्छ ।
त्यसपछि उनले आफ्नो लक्ष्य अझ उचाइमा पु¥याउँदै सन् २०२५ र २०२६ मा ‘सीओटी’ हासिल गरे । सीओटी, एमडीआरटीभन्दा अझ उच्च स्तरको उपलब्धि हो, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र सफल पेशेवरको रूपमा स्थापित गरेको छ ।
आफ्नो सफलताको श्रेय उनले एक्लै लिन चाहँदैनन् । खानका अनुसार यो उपलब्धि उनको व्यक्तिगत प्रयासको मात्र परिणाम होइन । “कम्पनीको निरन्तर सहयोग, प्रशिक्षक तथा मार्गदर्शकहरूको निर्देशन, टिमका सदस्यहरूको साथ र सबैभन्दा महत्त्वपूर्ण–ग्राहकहरूको विश्वास नै उनको सफलताको आधार हो- उनले भने । यस उपलब्धिलाई सामूहिक सफलता रहेको उनले बताए ।
नेपालमा बिमा क्षेत्र अझै विस्तारको चरणमा रहेको छ । ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बीमाप्रति चेतना अभाव छ । यस्तो अवस्थामा आर्यन खानजस्ता पेशेवरहरूले बिमा क्षेत्रलाई केवल व्यवसायको रूपमा होइन, सामाजिक सुरक्षा प्रणालीको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गर्न योगदान दिइरहेका छन् ।
उनले आफ्नो काममार्फत बीमाप्रति सकारात्मक सन्देश प्रवाह गर्न सफल भएका छन् । उनको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र संस्थागत प्रतिष्ठासँग पनि जोडिएको छ ।
लाइफ इन्स्योरेन्स कम्पनीको छवि सुदृढ बनाउन र कम्पनीलाई विश्वसनीय ब्राण्डका रूपमा स्थापित गर्न उनको योगदान उल्लेखनीय छ । यसले कम्पनीभित्र अन्य अभिकर्ताहरूलाई पनि उच्च लक्ष्य निर्धारण गर्न प्रेरित गरेको छ । आजका युवापुस्ताका लागि आर्यन एक उदाहरणीय पात्र बनेका छन् ।
उनले पोलिसी बेच्ने मात्र नभएर सेवाग्राहीलाई यथासिघ्र बिमा वापतको रकम पनि दिलाने जम्रका समेत गरेका छन् । समुदायस्तरमा खानले बीमाको महत्वबारे बुझाउँदै सम्बन्धसँगै विपन्न परिवारमा समेत खुसयाली ल्याउन, आफूले कमाएको पैसा बचत गर्न प्रेरित गरेका छन् ।
यसै सन्दर्भमा केहि महिना अघि मात्र विदेश रोजगारीको सिलसिलामा मृत्यु भएको र स्वादेशमै घातक रोग लागेको, सवारी दुर्घटनामा ज्यान गुमाएको परिवारलाई ३५ लाख रूपैयाँ प्रदान गरिएको उनले बताए ।
खानले आफ्नो कम्पनी बाहेकको पनि सेवाग्राहीहरूको बिमा पोलिसीमा सघाउने गरेको उनी बताउँछन् ।