Butwal Today

गुल्मीमा विकास तथा निर्माण कार्यको स्थलगत अनुगमन, सुधारका लागि सुझाव

८ चैत्र २०८२, आइतबार
अ+
अ-

गुल्मी ।
विकास तथा निर्माण कार्यको सन्तुलन अध्ययन तथा स्थलगत अनुगमनका क्रममा जिल्ला समन्वय प्रमुख द्रोण खत्रीको नेतृत्वमा रहेको टोली गुल्मी जिल्लाका विभिन्न स्थानमा पुगेको छ।

टोलीले जिल्लाका विभिन्न पालिकामा सञ्चालनमा रहेका विकास तथा निर्माण आयोजनाहरूको अवस्था, गुणस्तर र प्रगतिको अध्ययन गरेको छ। अनुगमनका क्रममा स्थानीय तहसँग समन्वय गर्दै आयोजना कार्यान्वयनमा देखिएका समस्या, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे सरोकारवालासँग छलफल समेत गरिएको थियो। अनुगमन टोलीले विकास निर्माण कार्यलाई प्रभावकारी, पारदर्शी तथा समयमै सम्पन्न गर्न आवश्यक सुझावसमेत दिएको जनाएको छ।

यसै क्रममा टोलीले युवाहरूले सञ्चालन गरेका कृषि फार्महरू तथा रेसुङ्गा विमानस्थलको समेत अवलोकन गरेको छ। कृषि क्षेत्रमा युवाहरूको बढ्दो सहभागिता, उत्पादन अवस्था र बजार व्यवस्थापनका विषयमा टोलीले विशेष चासो व्यक्त गर्दै आवश्यक सुझाव दिएको छ। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूले अनुगमन टोलीबाट प्राप्त सुझावहरूले आगामी योजना कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। टोलीले आगामी दिनमा पनि यस्ता अनुगमन तथा अध्ययन कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?