Butwal Today

वसन्त लम्सालको “मगर्नीको तीन पाने भाग २” बजारमा

७ चैत्र २०८२, शनिबार
अ+
अ-

अर्घाखाँची । नेपाली लोकसंगीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको “मगर्नीको तीन पाने भाग २”  गीत बजारमा आएको छ ।

मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उनको नयाँ गीत “मगर्नीको तीन पाने भाग २” वसन्त लम्साल युट्युबबाट सार्वजनिक भएको छ ।  दर्शक–श्रोतामाझ विशेष आकर्षणको गीत बनको छ । टिकटक र फेसबुकको रिलमा राम्रो प्रचारप्रसार भएको छ ।

नयाँ गीत “मगर्नीको तीन पाने भाग २” मा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ। गीतमा विश्वास नेपाल को सङ्गीत संयोजन रहेको छ भने लम्सालसँगै सपना गाहा र सम्झना रणपाल को सुमधुर स्वरले गीतलाई थप आकर्षक बनाएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको “मगर्नीको तीन पाने भाग १” ले ५ मिलियनभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो ।

सोही सफलताको निरन्तरता स्वरूप सार्वजनिक गरिएको दोस्रो भागमा लम्सालले अझै फराकिलो सांस्कृतिक पाटोलाई समेट्ने प्रयास गरेका छन् ।

मगर समुदायको तीन पाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै उनले गीतलाई मनोरञ्जनात्मक मात्र होइन, सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण बनाएका छन् ।

लम्साल नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर सक्रिय कलाकारका रूपमा परिचित छन्। एक सय पचासभन्दा बढी गीतमा स्वर दिइसकेका उनी पछिल्लो समय देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा व्यस्त छन् । नेपालका मेला–महोत्सवदेखि बेलायत र कतारसम्म आफ्नो प्रस्तुति दिँदै उनले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेका छन् ।

भिडियोतर्फ पनि उत्तिकै मेहनत र सृजनात्मकता झल्किएको छ। श्याम राना मगर, कला थापा, रञ्जित श्रेष्ठ र सुमन परियार को सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ। निर्देशनमा निशान यसको, छायाङ्कनमा दिनेश पराजुली र सम्पादनमा सुशील डाँगी को उत्कृष्ट कामले भिडियोको गुणस्तरलाई अझ उचाइमा पु¥याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?