Butwal Today

मध्यपूर्व युद्धको कारण शिथिल विश्व व्यापारलाई मार्ग प्रशस्त गर्न मन्त्री स्तरीय सम्मेलनको  तयारीमा डब्ल्यूटीओ

६ चैत्र २०८२, शुक्रबार
अ+
अ-

जेनेभा । मध्य पूर्व युद्धको कारण शिथिल व्यापारलाई उचित मार्ग प्रशस्त गर्न विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले अर्को हप्ता याओन्डेमा मन्त्री स्तरीय सम्मेलन तय गरेको जनाइएको छ ।

सम्मेलनले विश्वव्यापी व्यापार तनाव र अमेरिकी शुल्क  अवरोधहरूको बिचमा सुधारको बाटो खोज्ने अपेक्षा गरिएको छ ।

विश्व व्यापार सङ्गठनको मन्त्री स्तरीय सम्मेलन विश्व व्यापार सम्बन्धी सर्वोच्च निर्णय गर्ने निकाय हो, सामान्यतया प्रत्येक हरेक वर्ष यो सम्मेलन आयोजना गरिन्छ ।

क्यामरुनको राजधानीमा मार्च २६–२९ सम्ममा आयोजना गरिएको सम्मेलन उच्च जोखिम र  मध्य पूर्वमा युद्धको कारण डब्ल्यूटीओको विश्वव्यापी व्यापार वृद्धिलाई सुस्त पार्ने पूर्वानुमानको विरुद्ध आयोजना गरिने जनाइएको छ ।

कठिन भूराजनीतिक परिस्थितिको बिच जागरण आह्वान मार्फत निरन्तर प्रणाली सुधार  कायम राख्न आवश्यक रहेको महानिर्देशक एनगोजी ओकोन्जो–इविलाले बताएका छन् ।

अघिल्लो मन्त्री स्तरीय सम्मेलनहरूको तुलनामा हालको स्थिति बढी तनावपूर्ण हुने सम्भावना रहेको कोलम्बिया ल स्कुलका प्राध्यापक पेट्रोस माभ्रोइडिसले चेतावनी दिएका छन् ।

युरोपेली युनियनले पनि विश्व व्यापार सङ्गठन एक महत्त्वपूर्ण र वास्तविक अस्तित्वको चरणमा रहेका बताएको छ भने बेलायतले उल्लेख्य सुधार बिना प्राथमिकता कायम नरहने बताएको छ ।

विश्व व्यापार सङ्गठनका लागि स्विस राजदूत इर्विन बोलिङ्गरले विश्व व्यापार सङ्गठनले सान्दर्भिकता गुमाउँदा व्यापार प्रणालीको थप विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।

गत वर्ष डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्केपछि डब्ल्यूटीओको पहिलो मन्त्री स्तरीय सम्मेलन हुदैछ जसले बहुपक्षवाद र डब्ल्यूटीओ नियमहरूमा शुल्क र द्विपक्षीय व्यापार सम्झौताहरूमाथि आक्रमणको अवरोध खडा गरेको छ । यसैबिच हाल अमेरिका विश्व व्यापार सङ्गठनबाट बाहिरिइसकेको छ ।

विश्व व्यापार सङ्गठनका लागि अमेरिकी राजदूत जोसेफ बार्लुनले गत हप्ता आफ्नो देशले हालको विश्व व्यापार सङ्गठन सुधार प्रस्तावलाई अस्वीकार गरेको बताएका छन् ।

तर अन्य विकासोन्मुख देशहरूलगायत जस्तै चीनले यो नियम विश्व व्यापार सङ्गठनको आधार बन्न चाहेको बताएको छ ।

ट्रम्प सत्तामा फर्कनु भन्दा अघि देखि नै सङ्गठनले संरचनात्मक र भूराजनीतिक अवरोधहरू  सामना गरेको थियो ।

सन् २०१९ देखि संयुक्त राज्य अमेरिकाले नयाँ न्यायाधीशहरूको नियुक्ति रोकेको कारण यसको विवाद समाधान प्रणाली पनि कमजोर भएको जनाइएको छ । ट्रम्पको आक्रामक व्यापार नीतिले व्यापार र राष्ट्रिय सुरक्षा चिन्तालाई बढाएको छ भने विश्व व्यापार सङ्गठन अत्यधिक दबाबमा रहेको एक जना पश्चिमी कूटनीतिज्ञले नाम नछाप्न सर्तमा बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?