© 2026
दाङ । दाङमा श्रीमान्–श्रीमती सवार स्कुटरलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।
तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बगरतर्फ जाँदै गरेको रा ७ प ६३३१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले बुधबार साँझ ७ बजेतिर ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षीय पुष्पा कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।
उनका अनुसार श्रीमान् दुर्गा कडेँलले स्कुटर चलाएका थिए । तर उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेको टिप्पर र चालकलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।