Butwal Today

रास्वपाको संसदीय दलको नेता बालेन चैत १२ मा केन्द्रीय समिति बैठक बस्दै

६ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने सहमति भएको छ। बिहीबार साँझ शीर्ष नेताहरूबीच भएको छलफलपछि उनलाई संसदीय दलको नेता बनाउने निर्णय भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

उनका अनुसार उक्त निर्णयलाई अनुमोदन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बस्ने बताए। बाँकी प्रक्रिया संसदीय दलको बैठकले अगाडि बढाउँछ, सर्वसम्मत सहमति भएकाले विधान संशोधन गर्न आवश्यक छैन,’ उनले भने।

यस्तै, प्रधानमन्त्रीको शपथ चैत १३ गतेका लागि तय गरिएको भए पनि त्यसको अन्तिम तयारी सरकार र राष्ट्रपति कार्यालयको व्यवस्थापनमा निर्भर रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?