© 2026
काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित उम्मेदवारहरुलाई प्रमा णपत्र वितरण गरेको छ।
बिहीबार आयोग परिसरमा आयोजित समारोहमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचित उम्मेदवारहरुलाई माला लगाइदिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र प्रदान गरेका थिए।
समानुपातिकतर्फका ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाल कम्युनिष्ट पार्टीबाट ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट ४र४ जना निर्वाचित भएका छन्।
निर्वाचितमध्ये ८२ जना महिला रहेका छन्, जसले प्रतिनिधित्वमा लैङ्गिक समावेशिता उल्लेखनीय रूपमा देखिएको छ। 