© 2026
चाड । चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताएका छन् ।
बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताएका छन् ।
सुडानी द्वन्द्वका कारण दुई देशबीचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उनले बताए ।
सुडानी इलाकामा सरकारले रक्षा तथा सुरक्षा व्यवस्थालाई बलियो बनाएको जनाउँदै अन्तर्राष्ट्रिय कानुनको कडा अनुपालन गरेको महामतले बताएका छन् ।
चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले विज्ञप्ति जारी गर्दै घातक ड्रोन आक्रमण पछि आपत्कालीन सुरक्षा बैठक बोलाएर सीमालाई “पूर्ण रूपमा बन्द“ गर्ने आदेश दिएका छन् । यसै बिच उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिएका छन् ।
चाड र सुडानबिचको एक हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको लडाइँ पछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वको मारमा परेको छ । रासस