© 2026
गुल्मी ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा लालीगुराँस फुलेर ढकमक भएका छन्। विगत वर्षको जस्तै यस वर्ष पनि लालीगुराँसको रौनक छाएपछि रेसुंगा घुम्न आउने पर्यटकहरू बढिरहेका छन्। तर, पछिल्लो समय लालीगुराँसको जंगलमा रमाउँदै फूल टिप्ने र विरुवामा क्षति पुर्याउने घटनाहरू बढेपछि रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचनामा जारी गरी रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय महिमा भएको भूमि भएको बताउदै प्रकृतिलाई संक्षण गर्नु हाम्रो जिम्मेवारी पनि भएको पल्लीले बताएका छन।
तर, विभिन्न ठाउँबाट आएका भ्रमणकर्ताहरूले लालीगुराँस लगायत अन्य बोटविरुवाका हाँगा भाँची नोक्सान पुर्याएको गुनासो आएको छ। यसले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास ल्याएको छ। त्यसैले हामी सबैलाई रेसुङ्गाको प्राकृतिक सौन्दर्यमा खलल पुग्ने कार्य नगर्न हार्दिक अनुरोध गर्दछौं भन्ने सूचना जारी गरिएको छ । 