Butwal Today

चैते दशैको घटस्थापना भोली, शुभ साइत बिहान ७ बजेर ५१ मिनेटमा

४ चैत्र २०८२, बुधबार
अ+
अ-

अर्घाखाँची ।

चैते दशैंको आरम्भसँगै भोलि चैत ५ गते घटस्थापनाको विशेष तयारी गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ७ बजेर ५१ मिनेटमा रहेको छ । उक्त समयमा उत्तरतर्फ फर्केर विधिपूर्वक घटस्थापना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले एक प्रेस विज्ञप्ति जारी गरि घटस्थापनाको साइतको बारेमा जानकारी गराएका छन् ।

चैते दशैं नेपाली हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण पर्व मानिन्छ, जसमा देवी दुर्गाको आराधना गरी शक्ति, समृद्धि र सुख-शान्तिको कामना गरिन्छ । विशेषगरी घटस्थापनादेखि नवमीसम्म विभिन्न पूजा, पाठ तथा अनुष्ठान गरिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?