Butwal Today

गढवा–५ बाँकीमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु

४ चैत्र २०८२, बुधबार
अ+
अ-

लमही । गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

साँझ करिब ७ः३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार रा १ त ३४२९ नम्बरको ट्र्याक्टरमा पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

घटनापछि प्रहरीले ट्र्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?