Butwal Today

रास्वपाको अभिमुखीकरण : पहिलो दिननै आएनन रवि र बालेन

४ चैत्र २०८२, बुधबार
अ+
अ-

ललितपुर ।

नवनिर्वाचित सांसदहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरस्थित एक होटलमा आवासीय रूपमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने उद्घाटन सत्रमा सहभागी हुन सकेनन्।

उनीहरूबाहेक अन्य १८० जना सांसद कार्यक्रममा उपस्थित भएका छन्। पार्टीका दुई शीर्ष नेता नै अनुपस्थित भएपछि कतिपय सांसदहरूले कार्यक्रमलाई ‘खल्लो’ महसुस गरेका छन्।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाह स्वास्थ्य अवस्था र अत्यधिक कार्यव्यस्तताका कारण उद्घाटन सत्रमा सहभागी हुन नसकेका हुन्। उनले भने, “दुवैजनाको स्वास्थ्य स्थिति र अत्यन्तै व्यस्तताका कारण उपस्थित हुन सक्नुभएको छैन, तर सम्भव भएसम्म कार्यक्रम समापनअघि सहभागी गराउने प्रयास गर्नेछौँ।”

दुई दिने अभिमुखीकरण कार्यक्रको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरेका थिए। उक्त अभिमुखीकरण कार्यक्रम बुधबारसम्म जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?