© 2026
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृ शोकमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकुल परिवारका अन्य सदस्यहरूमा समवेदना व्यक्त गरेका हुन ।
पूर्व प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।