Butwal Today

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी सिपीसीले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिएका हुन । उनका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ । सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिए । रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ । यसअघि भारत, अमेरिकालगायत देशहरूले रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा दुईतिहाइ नजिकको मत प्राप्त गरी पहिलो पार्टी बनेकोमा उक्त पार्टीलाई बधाई सन्देश पठाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?