© 2026
दोहा, कतार । मध्यपूर्वको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा बसोबास गरिरहेका वैध आवासीय अनुमति पत्र ९कतार आईडी० भएका नेपालीहरुलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहेको खण्डमा पर्यटन भिसाका लागि अपोइन्टमेन्ट बुक गर्न कतारस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
नेपाली दूतावास कतारले शनिबार जारी गरेको सूचना अनुसार, साउदी अरेबिया हुँदै नेपाल यात्रा गर्न इच्छुक नेपालीहरूले दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्र मार्फत पर्यटन भिसा आवेदनका लागि अपोइन्टमेन्ट लिनुपर्नेछ । उक्त भिसा सेवा केन्द्र एजदान मल, अल घराफामा रहेको छ । थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ । दूतावासले जारी गरेको यस सूचनाले कतारमा रहेका नेपालीलाई साउदी अरबको मार्ग प्रयोग गरी नेपाल फर्किने वैकल्पिक व्यवस्था उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
