Butwal Today

तिलोत्तमामा सुनौलो युथ क्लबद्वारा रक्तदान

१ चैत्र २०८२, आइतबार
अ+
अ-

तिलोत्तमा ।

सुनौलो युथ क्लबको आयोजनामा शनिबार तिलोत्तमा नगरपालिका–३, सुनौलो नगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले ररक्तदानको महत्वबारे प्रकाश पार्दै रक्तदान नै जीवनदान भएको उल्लेख गरे । उनले यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

त्यसैगरी, क्लबका अध्यक्ष दुर्गा सिंजालीले क्लबले समाजसेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए ।

रक्तसञ्चार सेवा केन्द्र, बुटवलको सहकार्यमा सम्पन्न कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्लबका सचिव रन्जित घलेले जानकारी दिए । आयोजकका अनुसार यस कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्नुका साथै समाजमा मानवसेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्न योगदान पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?