Butwal Today

पेट्रोलियम पदार्थको मूल्य वद्धि

१ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ ।अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ । सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर रु १८८, डिजेल रु १९६ र एलपि ग्यास प्रति सिलिन्डर रु दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?