Butwal Today

वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

३० फाल्गुन २०८२, शनिबार
अ+
अ-

पाल्हीनन्दन ।

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।

चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए ।

कामको प्रकृतिअनुसार एक जना कामदारलाई रु ६५० देखि एक हजारसम्म ज्याला दिइएको जानकारी दिँदै उनले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?