© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
झापा–५ बाट निर्वाचित नेता शाहले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरु कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गरेका छन ।
“पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु । पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”, शाहको सन्देशमा भनिएको छ । यसअघि रास्वपाका सभापति रवि लामिछानेले अध्यक्ष ओलीप्रति समवेदना दिएका थिए ।
दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।