Butwal Today

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिति नगरौँ:  निगम

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आम उपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साबिककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारेका छन् ।

“नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भने, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”

ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उनले कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गरे । पछिल्लो समय मध्य पूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ ।

ग्यास उद्योगले आजदेखि ७ दशमलव १ किलो ग्यास भरेर सिलिन्डर बजारमा पठाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?