© 2026
मोरङ।
नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट सम्मान गरिएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले झी पुचः ९नेपाल भाषा तथा सांस्कृतिक सङ्घ विराटनगरले आज आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्वारा सम्मान गरेको थियो । सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशील हुँदै आउएका थिए ।
मन्त्री पराजुलीले लाछि प्रजापतिले नेपाल भाषा, संस्कृतिको संरक्षणमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उनको कार्यको आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताए । उनले प्रदेश सरकार यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परिकारको संरक्षण एवं सम्वर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घर परिवारमा यो भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिए। अखिल भारत नेवाः सङ्घका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै जन्मदर वृद्धि गर्न आग्रह गरे ।
पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिए । पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पुर्याउने संस्था वा व्यक्तिलाई प्रदेक दुईरदुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुदर्शनबहादुर श्रेष्ठले विसं २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गरिएको हो ।
आज अक्षय कोषमा थप रु पाँच लाख प्रदान गर्ने घोषणा गरे। यसअघि उक्त सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्किमको नेवा गुुठी, पोखरास्थित नेवा खल कास्कीलाई प्रदान गरिएको थियो । रासस