Butwal Today

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गरेको स्पष्ट पारेका छन् ।

उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरे । “जनताको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो’’, उनले भने, “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?