Butwal Today

मृतकको पहिचान खुल्यो

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

महेन्द्रनगर ।  कञ्चनपुरमा जिप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जिप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकका आफन्तबाट पहिचान खुलेको छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भने–“घटनाबारे विस्तृतमा अनुसन्धान हुँदै छ ।”महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बलेरो जिप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीले जिप र चालक नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?