Butwal Today

पर्साबाट २ सय १३ किलो गाँजा बरामद

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।  प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथ पुरतर्फ आउँदै गरेको मे।१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।

प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लास्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?