Butwal Today

गृहमन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबिच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै र भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले दूरसञ्चार र ‘साइबर क्राइम’ लगायत क्षेत्रमा सहयोग र सहकार्य आवश्यक भएको बताए ।

चिनियाँ राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद दिए । साथै उनले आपसी सम्बन्धलाई सुदृढ बनाउन हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?