Butwal Today

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

गोरखा ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।

आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका हुन । नेपाली काँग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्नुभएको सूचना अधिकारी सुवेदीले बताए। त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका हुन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?