© 2026
नवलपरासी,पश्चिम् । नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य ४ दल बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । यहाँ रास्वपाले जित हासिल गरेसँगै जसपा, एमाले र काङ्ग्रेस बाहेक अन्य दलका २२ उम्मेदवारहरूको जमानत जफत भएको हो ।
जमानत जफत हुनेमा क्रमशः राप्रपाका उम्मेदवार नवनित कुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीकी सिन्धु जलेसा बुढाथोकी, भीमसेन सुत्प्राई मगर स्वतन्त्र, राजु प्रसाद हरिजन नेकपा (माओवादी) गणेश बहादुर चौधरी जनमत पार्टी, रामचन्द्र चौधरी थारु श्रम संस्कृति, ओम बहादुर चौधरी थारु स्वतन्त्र, भरत लोनिया स्वतन्त्र, गोपिचन्द्र हरिजन स्वतन्त्र ,गङ्गादेवी थारु स्वतन्त्र, ढुण्डिराज पोख्रेल राष्ट्रिय जनमोर्चा, ईन्द्रबहादुर गुरुङ मङ्गल नेशनल अर्गनाइजेसन, पूर्ण बहादुर बिक, राष्ट्रिय जनमुक्ति, विजय कँडेल उज्यालो नेपाल, शत्रुधन चौधरी नाउपा, मीन प्रसाद ढकाल,स्वतन्त्र, रितमान कामु स्वतन्त्र, शैलेन्द्र सि सदासङ्कर स्वतन्त्र, चन्द्र दत्त सापकोटा राष्ट्रिय जनमोर्चा, अलियास मिया स्वतन्त्र, होमबहादुर सुनार स्वतन्त्र, चिरञ्जीवी ढकाल स्वतन्त्र गरी २२ जना उम्मेदवारहरूले जमानत जोगाउन नसकेका हुन ।
दल बाहेकका केही उम्मेदवारलाई दलहरूले निर्वाचनका दिन यातायात सहजताका लागी स्वतन्त्र उम्मेदवार अर्थात् डमी रूपमा उठाएका थिए ।
यस पटकको निर्वाचनमा उम्मेदवार बनेर मापदण्ड अनुसार तोकिएको मत प्राप्त गर्न नसकेका नवलपरासी १ का अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को परिच्छेद १० बमोजिम सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत भएको हो ।