Butwal Today

माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर १ युवकको मृत्यु

२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

गुल्मी, २५ फागुन । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दिपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।

स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपालिका –१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दिपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गए राती बडिगाड खोलातर्फ गएको बताइएको छ । आफूसँग माछा मार्न खोलामा गएका व्यक्ति हराएपछि डम्बर दर्लामी घर फर्केपछि स्थानीयवासी र प्रहरीलाई जानकारी गराउनु भएको बताइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटना स्थलमा खटिएको थियो ।

उक्त घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी सारूले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?