Butwal Today

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका—४, रौतहटको परोहा नगरपालिका—८, रौतहटको चन्द्रपुर नगरपालिका—१, धनुषाको गणेशमान चारनाथ नगरपालिका—५ चिसापानी बजार र लमजुङको सुन्दर बजार नगरपालिका—७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक एक जनाको मृत्यु भएको हो ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका—२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको  कालिका नगरपालिका—९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्ति खोरतर्फ आउँदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक राप्ती नगरपालिका—९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?