© 2026
मुगु । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली काँग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गरे ।
शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गर्नुभयो भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरे ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रंगवीर परियारले २८० मत प्राप्त गरे ।
जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । काँग्रेसका शाही नेपाली काङ्ग्रेस मुगुका पूर्व पार्टी सभापति हुन ।