Butwal Today

भोजपुरमा श्रम संस्कृतिका राई विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

टक्सार (भोजपुर) ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । राईले कूल १६ हजार ६६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले) का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे। यस्तै नेपाली काँग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गरेका छन् ।
भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा थिए ।

जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?