© 2026
राजविराज (सप्तरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव विजयी भएका छन् ।
मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेका अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय भएका छन् । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरे । त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गरे ।