© 2026
किमाथाङ्का (सङ्खुवासभा) ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले) का अर्जुनकुमार कार्कीको अग्रता कायम गरेका छन् ।
कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गरेका छन् । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार ७५९ मतसहित पछ्याइरहेका छन् । उनीहरूबिच ७२४ मतान्तर छ ।
नेपाली काँग्रेसका दीपनकुमार श्रेष्ठले तीन हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार २६१ नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गरेको जनाइएको छ । सङ्खुवासभामा हालसम्म १७ हजार ९४४ मतगणना भइसकेको छ ।