Butwal Today

‎बर्दिया क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारू विजयी

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

‎बर्दिया ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुर सिंह थारू विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार थारूले निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

‎निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुर सिंह थारूले ४९ हजार ६३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार सनिल राम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गरेका छन् ।

‎त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतमले १३ हजार ७९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । अन्य उम्मेदवारहरूमध्ये नेपाल कम्युनिष्ट पार्टीका वीणु प्रसाद चौधरीले ९ हजार २६५ मत प्राप्त गरेका छन् ।

‎राष्ट्रिय प्रजातन्त्र पार्टीका वीर बहादुर कामीले १ हजार ३८४ मत, जनता समाजवादी पार्टी नेपालका मनोज यादवले ३९४ मत, जनमत पार्टीका यमनाथ घिमिरेले ९७२ मत प्राप्त गरेका छन् ।

‎त्यसैगरी नेपाल मजदुर किसान पार्टीकी पवित्रा शाहीले ६१ मत, राष्ट्रिय जनमोर्चाका लोक बहादुर राना मगरले २५९ मत, मंगोल नेशनल अर्गनाइजेशनकी ज्योति योनजनले २७ मत, नेपाल मानवतावादी पार्टीका मेघ बहादुर कामीले २५४ मत, नेपाल जनमुक्ति पार्टीकी चन्द्रा कुमारी राजपुतले ४४ मत तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का इन्द्र बहादुर रावलले १२९ मत प्राप्त गरेका छन् ।

‎निर्वाचन अधिकृतको कार्यालयका अनुसार बर्दिया क्षेत्र नं. १ मा १ लाख ६८ हजार ३४ मतदाता रहेका थिए । तीमध्ये १ लाख ३ हजार ६६९ मत खसेको थियो । खसेको मतमध्ये ५ हजार ६६० मत बदर भएको छ भने ९६ हजार ९ मत सदर भएको जनाएको छ ।

‎अन्तिम मतपरिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारू बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनको विजयसँगै बर्दिया क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सफलता हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?