Butwal Today

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका खड्का र २ मा रास्वपाका सापकोटा विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

सुर्खेत,२३ फागुन ।

सुर्खेतको क्षेत्र नम्बर १ मा काँग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी आठ हजार मतान्तरसहित विजयी भएका हुन् ।

खड्काले २६ हजार आठ सय ९७ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार आठ सय ९० मत प्राप्त गरेका छन् ।

सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश कुमार सापकोटा निर्वाचित भएका छन् ।  रास्वपा सुर्खेतका सभापति समेत रहेका सापकोटा १४ हजार चार सय ५४ मतान्तरसहित विजयी भएका हुन् ।सापकोटाले ३० हजार ८ सय ४२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी काँग्रेसका नारायण कोइरालाले १६हजार ३ स७८प्राप्त गरेका छन् । विगतका चुनावमा नेपाली काँग्रेस र एमाले जस्ता पुराना दलको प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा सापकोटाले जितेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर समेत रहेको यो क्षेत्रमा रास्वपाले पुराना दलले नसोचेको परिणाम ल्याएसँगै पुराना दलहरु अचम्मित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?