Butwal Today

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

भद्रपुर (झापा) । 

झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् ।

यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङले नौ हजार २३३, नेपाली काङ्ग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरे।

यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?