Butwal Today

झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार  बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले उक्त मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन ।

यसै गरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली काङ्ग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले ६६२ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?