Butwal Today

दाङ -२ बाट रास्वपाका आचार्य विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-
 दाङ, २३ फागुन  ।
 प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नम्बर (२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी  भएका छन्  ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका छन्   ।  कुल ८२ हजार ६  सय २६ मत खसेको मध्ये सहमहामन्त्री आचार्यले ४३ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याएका छन् ।
त्यस्तै अर्का प्रतिस्पर्धी काँग्रेसका किरण किशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिस्ट पार्टीका निर्मल कुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?